जानी राखौं रातो मासु मुटु रोगीका लागि विष समानः अध्ययन – Janadesh Daily | ePaper

जानी राखौं रातो मासु मुटु रोगीका लागि विष समानः अध्ययन


सिड्नी ।

अष्ट्रेलियाको एउटा विश्वविद्यालयले गरेको अध्ययनले मुटु रोगीका लागि रातो मासु अन्त्यन्त घातक रहेको निष्कर्ष निकालेको छ । दक्षिण अष्ट्रेलिया विश्वविद्यालयको टोली गरेको अध्ययनले रातो मासु हाम्रो स्वास्थ्यका लागि घातक हुनसक्ने देखाएको हो ।

प्रशोधित र रातो मासुले मुटुलाई असर पार्ने तत्वहरुको बृद्धि गर्ने गरेको अध्ययनले देखाएको अध्ययनकर्ताहरुले बताएका छन् । त्यस्ता तत्वहरुले मुटुसँगै नशा सम्वन्धी र चिनीरोग सम्वन्धी समस्यामा पनि नकारात्मक असर पार्ने अध्ययनको निष्कर्ष छ ।

अध्ययन टोलीका अनुसन्धानकर्ता डा. पेर्माल डेओले भन्नुभयो, “रातो मासुलाई रोष्ट बनाउने, भुटन बनाउने, अत्यधिक तापमा पकाउनेलगायतका प्रक्रियाबाट बनाएर खाएमा विभिन्न प्रकारका रोगीहरुलाई हानी पु¥याउने देखिएको छ ।” रासस/एएनआई

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्