लद्दाख तनावकाबीच चीन-भारतका रक्षामन्त्रीको भेटवार्ता – Janadesh Daily | ePaper

लद्दाख तनावकाबीच चीन-भारतका रक्षामन्त्रीको भेटवार्ता


एजेन्सी ।
लद्दाख क्षेत्रको विवादित सीमालाई लिएर लामो समयदेखि तनावमा रहेका चीन र भारतबीच राजनीतिक तहमा वार्ताका उपक्रम सुरु भएका छन् ।

दुई देशका रक्षामन्त्रीबीच रुसको मस्कोमा भेटवार्ता भएको जनाइएको छ । भारतका रक्षामन्त्री राजनाथ सिंह र चिनियाँ रक्षामन्त्री वेइ फेङ्घबीच सांघाइ सहयोग संगठन (एससीओ) को बैठक साइडलाइनमा भेटवार्ता भएको हो ।


सिमाक्षेत्र लद्दाखमा भारतीय सैनिक अधिकृतको ज्यान जाने गरी भीडन्त भएको एक साताभित्र सुरु भएको राजनीतिक भेटवार्ताले तनाव मत्थर गर्ने अपेक्षा गरिएको छ । उक्त वार्ताको लागि चिनियाँ मन्त्री वेइले नै पहल गरेको दाबी भारतीय मीडियाले गरेका छन् । वार्तामा के सहमति भयो भन्नेबारे सार्वजनिक गरिएको छैन ।

भारत र चीनका सेनाबीच लद्दाखमा तनाब हुँदैआएको छ । गत जुन १५ मा हिंसात्मक भीडन्त हुँदा २० भारतीय सैनिक मारिएका थिए । अगष्टको अन्त्यमा पनि दुई देशका सेनाबीच तनावपूर्ण आदानप्रदान भएको बताइएको छ ।

सीमामा भएको तनावकाबीच भारतले चीनका विभिन्न एपमाथि प्रतिबन्ध लगाउँदै आएको छ ।

यो पनि हेर्नुस् _ चिनियाँ राष्ट्रपतिको पाकिस्तान भ्रमण स्थगित

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्