विप्लव समूहले दियो विभिन्न व्यक्तिलाई कारवाहीको चेतावनी (विज्ञप्तिसहित) – Janadesh Daily | ePaper

विप्लव समूहले दियो विभिन्न व्यक्तिलाई कारवाहीको चेतावनी (विज्ञप्तिसहित)


जनादेश, काठमाडौं ।

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले मल आपूर्तिमा ढिलाइ गर्ने र रेल्वे ठेक्का परियोजनाका ठेकेदारमाथि कारवाहीको चेतावनी दिएको छ । दुई प्रकरणका दोषीलाई सरकारलेकारबाही नगरे आफैं कारबाही गर्ने भन्दै विप्लव समूहले विज्ञप्तिमार्फत चेतावनी दिएको हो ।

किसानलाई मल उपलब्ध नगराएर राष्ट्रघात गरेको, काँकडभिट्टा-इनरुवा रेल्वे ठेक्कामा अर्बौं चलखेल रहेको भन्दै विप्लव समूहले विज्ञप्तिमा पार्टीले कारवाही गर्ने चेतावनी दिएको हो।

पार्टी प्रवक्ता खड्गबहादुर विश्वकर्माद्वारा हस्ताक्षरित विज्ञप्तिमा ठेकेदारहरूको नाम पनि सार्वजनिक गरिएको छ । कारवाहीको सूचीमा रेल्वे विभागका महानिर्देशक बलराम मिश्र, शैलुङ कन्स्ट्रक्सन कम्पनीका सञ्चालक शारदाप्रसाद अधिकारी, होविको मल्टिमलका हुमनाथ कोइरालाललगायत छन्।

काँकडभिट्टा–इनरुवा खण्डमा रेल विभागले ३३ अर्ब माथिको ठेक्का मुआब्जा वितरण नगरी, प्राविधिक एवम् आर्थिक मूल्याङ्कनबिनै, आफ्नै राज्यको कानुनविपरीत लगाइएको आरोप विप्लव समूहले लगाएको छ।

विभागका महानिर्देशक बलराम मिश्र, शर्मा एण्ड कम्पनीका रमेश शर्मा, गोल्डेन गुड्स कम्पनीका ग्याल्जे शेर्पा, कालिका कम्पनीका विक्रम पाण्डे र लामा कम्पनीका जिपछिरिङ लामा लगायतले ६ अर्ब भन्दामाथिको कमिशनको खेल र सेटिङ नेपाली जनताको सम्पत्ति लुट्ने गर्ने डिजाइन गरेको र सो कुरा सरकारले नसुनेको विज्ञप्तिमा उल्लेख छ।

विज्ञप्तिः

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्