विश्वभर कोरोना संक्रमितको संख्या १ करोड २१ लाख भन्दा धेरै – Janadesh Daily | ePaper

विश्वभर कोरोना संक्रमितको संख्या १ करोड २१ लाख भन्दा धेरै


चन्द्रप्रकाश नेपाली

काठमाण्डौ । कोरोना संक्रमितको संख्या १ करोड २१ लाख नाघेको छ । बिश्वका दुई सय १५ देशमा फैलिएको कोरोनाका कारण अहिलेसम्म १ करोड २१ लाख ८० हजार ५ सय ७० जनामा संक्रमण फैलिएको छ ।

वल्डोमिटरका अनुसार अहिलेसम्म कोरोनाका कारण ५ लाख ५२ हजार ३ सय ८५ जनाको निधन भएको छ भने ७० लाख ८१ हजार ४ सय १० जना निको भएर घर फर्केका छन् ।

बिश्वमा दैनिक रुपमा कोरोना संक्रमितको संख्या बढदै गएको छ । वल्डो मिटरमा रहेको तथ्यांक अनुसार अमेरिकामा ३१ लाख ५९ हजार ३ सय ९० संक्रमित पुगेका छन् । अमेरिकामा मात्रै एक लाख ३४ हजार ८ सय ६७ जनाको निधन भएको छ ।

दोस्रो स्थानमा रहेको ब्राजिलमा भने १७ लाख १६ हजार १ सय ९६ जनामा संक्रमण फैलिएको छ भने ६८ हजार ५५ जनाको निधन भएको छ । यस्तै तेस्रो स्थानमा रहेको भारतमा ७ लाख ६९ हजार २ सय ५७ जनामा संक्रमण देखा परेको छ । भारतमा २१ हजार १ सय ६१ जनाको निधन भएको छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्