नेपालमा कोरोना संक्रमितको संख्या १६५३१ – Janadesh Daily | ePaper

नेपालमा कोरोना संक्रमितको संख्या १६५३१


जनादेश संवाददाता

नेपालमा आज १ सय ८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित मिडिया ब्रिफिङमा प्रबक्ता डा. जागेश्वर गौतमले बितेको २४ घण्टामा देशका बिभिन्न २५ वटा प्रयोगशालमा गरिएको ४ हजार ५ सय ८८ जनाको पिसिआर परिक्षमा १ सय ८ जनामा कोरोना संक्रमण पुष्टि जानकारी दिनुभयो ।

योेसँगै नेपालमा कोरोना भाइरसको संक्रमितको संख्या १६ हजार ५ सय ३१ जना पुगेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार प्रदेश १ मा १ सय ९६, प्रदेश दुईमा २ हजार २४, वाग्मती प्रदेशमा ४ सय २९, गण्डकी प्रदेशमा आठ सय ६२, प्रदेश ५ मा १ हजार ७ सय २७ जना, कर्णाली प्रदेशमा ४ सय ५ जना र सुदूरपश्चिम प्रदेशमा २ हजार ९ सय ६२ जना कोरोना सङ्क्रमित रहेका छन् ।

यसैबीच बितेको २४ घण्टामा १ सय ३९ जना कोरोनालाई जितेर अस्पतालबाट डिस्चार्ज भएका छन् । यसरी डिस्चार्ज हुनेको संख्या ७ हजार ८ सय ९१ पुगेको डा. गौतमले बताउनुभयो ।

नेपालमा अहिलेसम्म २ लाख ७१ हजार ४५ जनाको पिसिआर मार्फत कोरोना जाँच भएको छ । अहिले क्वारेन्टाईनमा २४ हजार ४ सय २५ र आइसोलेसनमा ८ हजार ६ सय ५ जना रहेको मन्त्रालयले जनाएको छ ।।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्