भाइरस भयावहः विश्वमा २ करोड ७२ लाख ८१ हजार संक्रमित, ८ लाख ८७ हजारको मृत्यु – Janadesh Daily | ePaper

भाइरस भयावहः विश्वमा २ करोड ७२ लाख ८१ हजार संक्रमित, ८ लाख ८७ हजारको मृत्यु


विश्वका १ करोड ९३ लाख ६६ हजार भन्दा बढी मानिसले जिते कोरोना

एजेन्सी ।
विश्व महामारी बनेको कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या २ करोड ७२ लाख ८१ हजार ९ सय भन्दा बढी पुगेको छ । गत चौबीस घण्टामा संसारमा २ लाख २९ हजार भन्दा बढी कोरोना संक्रमित थपिएका छन् ।

त्यस्तै चौबीस घण्टामा थप ४ हजार ९१ जनाले कोरोनाकै कारण ज्यान गुमाएका छन् । संसारमा अहिलेसम्म कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ८ लाख ८७ हजार भन्दा बढी पुगेको वर्ल्डोमिटरको तथ्याङ्कले देखाएको छ ।

कुन देशमा कति ?

संसारमा अहिलेसम्म सर्वाधिक संक्रमित रहेको अमेरिकामा चौबीस घण्टामा ३० हजार भन्दा बढी संक्रमित थपिएर ६४ लाख ५९ हजार जना संक्रमित पुगेका छन् ।

त्यहाँ मृत्यु हुनेको संख्या १ लाख ९३ हजार २ सय भन्दा बढी पुगेको छ । आइतबारमात्र त्यहाँ ४ सय १८ भन्दा बढीले ज्यान गुमाएका छन् ।

त्यस्तै दोश्रो ब्राजिललाई पछि पार्दै दोश्रो स्थानमा रहेको भारतमा कुल संक्रमितको संख्या ४२ लाख २ हजार भन्दा बढी पुगेको छ ।
त्यहाँ गत चौबीस घण्टामै ९१ हजार भन्दा बढी संक्रमित थपिएका छन् । जुन् एकदिनमा भेटिने संक्रमितको अहिलेसम्मकै सर्वाधिकको रेकर्ड हो ।
भारतमा लगातार चौथो दिन रेकर्ड संख्यामा संक्रमित भेटिएका छन् ।

संसारमै सर्वाधिक संक्रमित र मृत्यु हुनेको तेश्रो स्थानमा रहेको ब्राजिलमा ४१ लाख ३७ हजार भन्दा बढी संक्रमित पुगेका छन् । त्यहाँ चौबीस घण्टामा १४ हजार भन्दा बढी संक्रमित थपिएका छन् ।

संसारमा कोरोना निको हुनेको संख्या १ करोड ९३ लाख ६६ हजार भन्दा बढी छ । अहिले संसारमा ७० लाख २८ हजार सक्रिय संक्रमित छन् ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्