घरबेटीसँग जोडेर टीका टिप्पणी गर्नेलाई प्रचण्डको जवाफ – Janadesh Daily | ePaper

घरबेटीसँग जोडेर टीका टिप्पणी गर्नेलाई प्रचण्डको जवाफ


जनादेश, काठमाडौं ।
नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू बसेको घरका मालिकसँग जोडेर टीका टिप्पणी गर्नेहरुलाई अनर्गल प्रचार नगर्न आग्रह गरेका छन् ।

विभिन्न ठेक्का प्रक्रियामा विवादित शैलुङ इन्टरप्राइजेजका प्रमुखसमेत रहेका शारदा प्रसाद अधिकारीको घरमा बसेका कारण विभिन्न आक्षेप खेप्नुपरेपछि प्रचण्ड आक्रोशित भएका हुन् ।

जनता टेलिभिजनसँगको कुराकानीमा प्रचण्डले शारदाप्रसाद अधिकारीसँग आफ्नो गोरु बेचेको साइनो पनि नरहेको र उनले कहाँ ठेक्का लिन्छन्? के गर्छन्? आफूलाई थाहा नहुने बताए ।

विवादित ठेक्का आफू उक्त घरमा बस्न थाल्नु अघि नै लिएका ठेक्का रहेको र आफूसँग गोरु बेचेको साइनो पनि नभएको प्रचण्डले स्पष्ट पारे । आफू जहाँ बसेपनि यसरी विरोध हुने गरेको र अहिले बसेको घर पनि छोड्न लागेको समेत उनले बताए।

मल प्रकरणमा पनि शारदा प्रसाद अधिकारीको नाम जोडिएको विषयमा आफ्नो पनि चासो रहेको बताउँदै प्रचण्डले साथै दोषी देखिए कारबाहीमा कुनै छुट नहुने स्पष्ट पारे । आफूले कृषिमन्त्रीसँग कुरा गरेर अधिकारीले बदमासी गरेको भए कारबाही गर्दा कुनै आपत्ति नहुने पनि उनले बताए ।

संयोगबस आइतबार नै कृषि मन्त्रालय अन्तर्गत कृषि सामग्री कम्पनी लिमिटेडले शारदा अधिकारीसहित दुई ठेकेदारलाई कारवाहीको निर्णय गरेको छ ।

पटक पटक पदत्याग गरेको छु- प्रचण्ड
प्रचण्ड ले आफू कम्युनिष्ट पार्टी र आन्दोलनको हितका लागि पटकपटक पद त्याग गरेको बताएका छन् । सुरुवातमा ओली र आफूबीच सरकारको नेतृत्व आलोपालो गर्ने समझदारी बनेको भएपनि पछि आफूले नै त्यसो गर्दा सरकार अस्थिर भएको विश्लेषण हुने भएकाले ओलीले नै ५ वर्ष नेतृत्व गर्ने गरी सहमति गरिएको उनले स्पष्ट पारे ।

पार्टीमा पछिल्लो समय उत्पन्न विवाद समाधानमा आफ्नो महत्वपूर्ण भूमिका रहेको उल्लेख गर्दै प्रचण्डले फुटको संघारमा पुगेको पार्टीलाई जोगाएर फेरि विधिमा प्रवेश गराउन अध्यक्ष ओली, वरिष्ठ नेताहरु र सचिवालयका सबै नेताहरुको उल्लेखनीय भूमिका रहेको बताए ।

यो पनि पढ्नुस्- 

बामदेवको संसद यात्राः ओलीले तिरे गुन तर प्रचण्डको अडान निर्णायक

बाबुराम भट्टराईको प्रस्तावः जनताको पीडा नबुझ्नेहरुको तलबभत्ता रोकौं

 

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्