‌ओली-प्रचण्ड सहमतिः स्थायी समिति बैठक शुक्रबार – Janadesh Daily | ePaper

‌ओली-प्रचण्ड सहमतिः स्थायी समिति बैठक शुक्रबार


नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को बारम्बार स्थगित हुँदै आएको स्थायी कमिटी बैठक २६ भदौमा बस्ने तय भएको छ ।

 

नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार  सूर्य थापाले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र महासचिव विष्णु पौडलसहितको छलफलले २६ भदौमा स्थायी कमिटी बैठक बोलाउने सहमति गरेको जानकारी दिए ।

 

सार १० गतेदेखि सुरु भएको बैठक प्रधानमन्त्री र अध्यक्षबाट ओलीको राजीनामा मागिएपछि १४ भन्दा बढी पटक स्थगित भएको थियो । आगामी भदौ २६ गते बैठक बसेपछि १-२ दिनमा समापन गर्ने सहमति पनि दुई अध्यक्षबीच भएको छ । स्थायी कमिटी बैठकमा विवाद समाधान कार्यदलको प्रतिवेदनका विषयमा छलफल हुने छ ।

 

गत साउन ३० गते महासचिव पौडेलको संयोजकत्वमा ६ सदस्यीय कार्यदल गठन गरिएको थियो। हप्ता दिन लगाएर कार्यदलले भदौ ६ गते आफ्नो प्रतिवेदन बुझाएको थियो। प्रतिवेदनमा अध्यक्ष ओलीलाई प्रधानमन्त्रीमा निरन्तरता दिने र अर्का अध्यक्ष प्रचण्डलाई पार्टी सञ्चालनको सम्पूर्ण जिम्मेवारी दिने प्रस्ताव गरिएको छ ।

 

र यो पनि- युवराज खतिवडालाई छेउँमै राखेर बालुवाटारबाट ओलीको राजनीतिक सन्देश

घरबेटीसँग जोडेर टीका टिप्पणी गर्नेलाई प्रचण्डको जवाफ

 
"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्