कोरोना संक्रमितको संख्या १ करोड २४ लाख पुग्यो – Janadesh Daily | ePaper

कोरोना संक्रमितको संख्या १ करोड २४ लाख पुग्यो


जनादेश संवाददाता

२३ अषार, काठमाडौ । कोरोना संक्रमितको संख्या १ करोड २४ लाख पुगेको छ । बिश्वका दुई सय १५ देशमा फैलिएको कोरोनाका कारण अहिलेसम्म १ करोड २४ लाख ४ हजार ५ सय ९४ जनामा संक्रमण फैलिएको छ ।
वल्डोमिटरका अनुसार अहिलेसम्म कोरोनाका कारण ५ लाख ५७ हजार ७ सय ४३ जनाको निधन भएको छ भने ७२ लाख ३४ हजार ८ सय ६४ जना निको भएर घर फर्केका छन् ।
बिश्वमा दैनिक रुपमा कोरोना संक्रमितको संख्या बढदै गएको छ । वल्डो मिटरमा रहेको तथ्यांक अनुसार अमेरिकामा ३२ लाख २० हजार ५ सय संक्रमित पुगेका छन् । अमेरिकामा मात्रै एक लाख ३५ हजार ८ सय २८ जनाको निधन भएको छ ।
दोस्रो स्थानमा रहेको ब्राजिलमा भने १७ लाख ५९ हजार १ सय ३ जनामा संक्रमण फैलिएको छ भने ६९ हजार २ सय ५४ जनाको निधन भएको छ । यस्तै तेस्रो स्थानमा रहेको भारतमा ७ लाख ९५ हजार ६ सय ५ जनामा संक्रमण देखा परेको छ । भारतमा २१ हजार ६ सय ३२ जनाको निधन भएको छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्