भ्रामक र उत्तेजित सामग्री दिने मिडियालाई कारबाही गर्नुहोस् – Janadesh Daily | ePaper

भ्रामक र उत्तेजित सामग्री दिने मिडियालाई कारबाही गर्नुहोस्


जनादेश संवाददाता

नेपाल प्रेस काउन्सिलले प्रेस काउन्सिल अफ् इण्डियालाई पत्र लेखेर नेपाल सरकार र प्रधानमन्त्रीमाथि लगाइएका आपत्तिजनक आरोप र सामग्रीप्रति आपत्ति जनाएको छ ।

भारतीय सञ्चारमाध्यमहरुले नेपाल सरकार र प्रधानमन्त्री केपी शर्मा ओली विषयमा चरित्रहत्या गरिरहेको भन्दै उनीहरुलाई कारबाही र आचारसंहिताको दायरामा ल्याउन पत्रमार्फत आग्रह गरिएको छ ।

काउन्सिलका अध्यक्ष किशोर श्रेष्ठले प्रेस काउन्सिल अफ् इण्डियाका प्रमुख चन्द्रमौली कुमार प्रसादलाई पत्र लेखेर नेपालको सार्वभौमसत्ता र अखण्डता तथा प्रधानमन्त्रीको व्यक्तित्वमाथि गम्भीर आक्रमण भइरहेको भन्दै त्यहाँका सञ्चारमाध्यमलाई आचारसंहिता पालना गराउन आग्रह गर्नुभएको छ ।

भारतीय सञ्चारमाध्यमको रवैयाका कारण नै नेपालमा भारतीय समाचार च्यानलको प्रसारण बन्द भएको पनि काउन्सिलले जनाएको छ । भारतीय च्यानल जी न्युजले प्रधानमन्त्री केपी शर्मा ओली र नेपालको लागि चिनियाँ राजदूत होउ यान्छीबीचको सम्बन्धबारे भ्रामक र आपत्तिजनक सामग्री प्रसारण गरेपछि यसको चौतर्फी विरोध भइरहेको छ ।।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्