तत्काल गाडी नचलाउने यातायात व्यवसायीको निर्णय – Janadesh Daily | ePaper

तत्काल गाडी नचलाउने यातायात व्यवसायीको निर्णय


चन्द्रप्रकाश नेपाली

काठमाडौ। सरकारले सार्वजनिक यातायात सञ्चालन गर्न दिएको निर्देशनलाई व्यवसायीहरुले नमान्ने निर्णय गरेका छन् । सरकारले पर्याप्त तयारी नगरी एक्कासी गाडी चलाउन निर्देशन दिएको सार्वजनिक यातायात केन्द्रिय महासंघले जनाएको छ ।

महासंघले आज पत्रकार सम्मेलन गरी यथास्थितिमा यातायात सञ्चालन गर्न नसक्ने भन्दै पाँचबुँदे माग अघि सारेको छ । व्यवसायीले लकडाउनभरीको बिमा, ब्याज र केही अनुदान दिन सरकारसँग माग गरेको छ ।

सार्वजनिक यातायातका सबै सवारी साधनलाई विश्व स्वास्थ्य संगठनले तोकेको सम्पूर्ण जिम्मेवारी नेपाल सरकारले व्यवस्था गर्नुपर्ने र यातायात मजदुरको स्वास्थ्य सुरक्षा सम्बन्धी सम्पूर्ण व्यवस्था हुनुपर्ने उनीहरुको माग छ ।

यस्तै चार महिनाको बन्दाबन्दी अवधिको ब्याज छुट र किस्ता तिर्ने अवधि असोज मसान्तसम्म पु¥याउनुपर्ने, एक वर्षसम्म जरिवाना नलाग्ने व्यवस्था गर्नुपने लगायतका माग व्यवसायीको छ । उनीहरुले माग पुरा गर्न नसके सरकालाई नै तालाचाबी बुझाउने महासघंले चेतावनी दिएको छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्