राजपत्रांकित प्रथम श्रेणी (सह–सचिव)को नतिजा  प्रकाशित, थपिए १० सह-सचिव – Janadesh Daily | ePaper

राजपत्रांकित प्रथम श्रेणी (सह–सचिव)को नतिजा  प्रकाशित, थपिए १० सह-सचिव


जनादेश संवाददाता

काठमाडौं । लोकसेवा आयोगले  राजपत्रांकित प्रथम श्रेणी (सह–सचिव)को नतिजा  प्रकाशित गरेको छ।

नतिजाअनुसार खुलातर्फ रामबन्धु सुवेदी, नमराज घिमिरे, रमेश ढकाल, आनन्द काफ्ले र विपिन आचार्य  छनोट भएका छन्।  मधेसीमा इन्द्रदेव यादव र रामकुमार महतो उर्तीण भएका छन्।

 लकडाउन अघि नै लिखित परीक्षा सञ्चालन भएर उनीहरुको अन्तर्वार्ता  र मामिला प्रस्तुतिकरण रोकिएको थियो।  लोकसेवाले असार १५ देखि १७ सम्म मामिला प्रस्तुतिकरण तथा  १८ देखि २६ गतेसम्म सञ्चालन गरेका अन्तर्वार्ता सञ्चालन गरेका थियो।

त्यस्तै महिलामा अनिता निरौला र स्किम श्रेष्ठ सह–सचिव बनेका छन्। आदीवासी जनजातीमा हेमराज तमाङ पास भएका छन्।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्