नेपलमा आज ७० जनामा कोरोना संक्रमण पुष्टि, ४३१ जना डिस्चार्ज – Janadesh Daily | ePaper

नेपलमा आज ७० जनामा कोरोना संक्रमण पुष्टि, ४३१ जना डिस्चार्ज


जनादेश संवाददाता

काठमाडौं । पछिल्लो २४ घण्टामा थप ७० जनामा कोरोना भाइरस (कोभिड-१९)को संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार ६४८ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो । साथै ४३१ जना निको भएर डिस्चार्ज भएका छन् ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १६ हजार ७१९ पुगेको छ।

पछिल्लो २४ घण्टामा ३ हजार ६४८ पीसीआर परीक्षण गरिएको थियो।

विगत २४ घण्टामा ४ सय ३१ जना कोरोना संक्रमण मुक्त भएका छन् । हालसम्म ८ हजार ४ सय ४२ जना कोरोना निको भएर डिस्चार्ज भएका छन् ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्