बाढीले पुर्‍याएको क्षति अवलोकन गर्न ने.क.पा. अध्यक्ष प्रचण्ड चितवनमा – Janadesh Daily | ePaper

बाढीले पुर्‍याएको क्षति अवलोकन गर्न ने.क.पा. अध्यक्ष प्रचण्ड चितवनमा


जनादेश संवाददाता

काठमाडौं । बाढीपहिरोले पुर्‍याएको क्षतिबारे जानकारी लिन सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ चितवन पुगेका छन् ।  ‘प्रचण्ड’ले नारायणी नदीको कटान रोक्नका लागि आवश्यक काम भइरहेकाले डर मान्नुपर्ने अवस्था नरहेको बताएका छन् ।

 भरतपुर महानगरपालिका वडा नं २७ र २८ को सीमाक्षेत्र न्यूरेचोकमा नारायणीले कटान गरेको क्षेत्रको आज निरीक्षण गर्दै उनले तत्कालका लागि अस्थायी समाधानको काम नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयवासीले गरिरहेको बताए ।

शनिबार चितवन पुगेका उनले नारायणी नदीले कटान गरेको मेघौली र माडी क्षेत्रको अवलोकन गरेका हुन् । मेघौली निउरे चोकमा कटान भएको क्षेत्रको अवलोकनपछि प्रचण्डले बलियो तटबन्ध गराउने तयारी भएको स्थानीयलाई बताए ।

पार्टीभित्रकाे विवाद मिलाउन प्रधानमन्त्री केपी ओलीसँगको आजको संवादलाई स्थगित गरेर आफू निरीक्षणमा आएको बताए । पार्टीका अर्का अध्यक्ष एवं प्रधानमन्त्रीसँग परामर्श गरेर आफू निरीक्षणमा आएको अध्यक्ष दाहालले जानकारी दिए ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्