सकारात्मक सोचले मात्र जितिन्छ र पार्टीलाई एकता गर्न सकिन्छःप्रचण्ड – Janadesh Daily | ePaper

सकारात्मक सोचले मात्र जितिन्छ र पार्टीलाई एकता गर्न सकिन्छःप्रचण्ड


जनादेश संवाददाता

चितवन । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देश वा पार्टीलाई दुर्घटनाबाट जोगाउन आफूले अन्तिम समयसम्म पहल गर्ने बताएका छन्।

शनिबार चितवन आएका प्रचण्डले माडीमा आयोजित पार्टी कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्।

‘सकारात्मक सोचका साथ समाजलाई अग्रगामी सहजता दिन सक्छौँ भन्ने बुझिदिनुभयो भने परिवर्तनको लडाईं सहज हुन्छ’, उनले भने, ‘सकारात्मक सोचले मात्र जितिन्छ र पार्टीलाई एकता गर्न सकिन्छ।’

शनिबार प्रचण्डले भरपुर महानगरपालिका २७ र २८ को सीमाक्षेत्रमा शुक्रबार बाढीले भत्काएको बाँधको अवलोकनसमेत गरे ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्