प्रविधिको दुरूपयोगबाट बालबालिका बढी प्रभाबित – Janadesh Daily | ePaper

प्रविधिको दुरूपयोगबाट बालबालिका बढी प्रभाबित


सूचना प्रविधिको विकास दिनदिनै बढिरहेको छ । योसँगै इन्टरनेटको प्रयोग गर्नेको संख्यामा पनि बृद्धि भएको पाइन्छ । इन्टरनेट प्रयोगबाट जति धेरै राम्रा कुराहरू पाइन्छ जति धेरै फाइदाहरू लिन सकिन्छ, त्यसको दुरूपयोगले यसका बेफाइदहरूमात्र हात लाग्छन् ।

news
पछिल्लो समयमा विशेषगरी साना बालबालिकाहरूमा प्रविधिको दुरूपयोग देख्न सकिन्छ । रूपन्देहीको तिलोत्तमा नगरपालिकाकी सिता दर्लामीलाई आप्mनो १० वार्षिय छोरा सनम दर्लामीलाई पढाउन नसकिएको बताउँछिन् । भारतीय सेनामा कार्यरत बावुले समयअनुसारका प्रविधिका सामग्रीसँग घुलमिल हुन आवश्यक ठानेर महङ्गो मोवाइल किनिदिए । त्यसको सही प्रयोग छोराले नगरेको देख्दा आजभोलि उनको मन खिन्न हुन्छ ।
विद्यालय पछिको समयमा खाली मोवाइलमा झुन्डिएकाले पढाइमा समेत कमजोर भएको बताइन् । विभिन्न प्रकारका चलचित्र कार्टुन हेरेर पढाइसमेत बिगारेको गुनासो आमाले गरिन् ।
त्यसैगरी नवलपरासीकी सुनिता खत्रीका १६ वर्षका छोरा सुनिल अहिले ११ कक्षामा अध्यननरत छन् । बुबाआमा दुवैको आफ्नै व्यवसाय छ । एकमात्र सन्तान छोरालाई समय दिन उनीहरूलाई खासै समय नै हुँदैन । त्यसैले छोरा कलेजबाट घर आएपछि घरमा भुल्न सकोस् र अध्ययनमा समेत सहज होला भनेर ईन्टरनेट जोडिएको आमा सुनिताले बताइन्ः तर छोराले ईन्टरनेटको सही प्रयोग गर्न सकेन । दुरूपयोग भएको पाइयो ।
उनले भनिन्ः पछिल्लो समय हाम्रो छोराले विद्यालयका गतिविधिमा खासै ध्यान दिँदैन । पढाइ खस्केको छ । मोबाइलको व्यस्तताले उसलाई भ्याई नभ्याई छ । दिनभरी पढ्न छाडेर फेसबुकमा कुरा गर्नु चलचित्र हेर्नु बाहेक ईन्टरनेटको सही सदुपयोग भएन ।
देवीनगर बस्ने दुर्गा गैरेलाई पनि यस्तै समस्या छ । उनका १२ वर्षका कक्षा ६ मा अध्यनन गर्ने सन्दिप गैरेलाई भिडियो हेर्ने, गेम खेल्ने लत बसेको छ । पढाइमा रुचि कम भएको छ । ईन्टरनेटबाट नयाँ कुराहरूको जानकारी लिएर अध्ययनमा सहजता होला भन्ने विश्वास थियो तर आफूले सोंचे भन्दा फरक अवस्था सृजना भएको आमा दुर्गाले बताइन् । उनले भनिन् अझै डर लाग्दा भिडियो हेरेर आफूलाई हैरान पु¥याएको उनको गुनासो छ ।
इन्टरनेटका माध्यमबाट बालबालिकाहरूको अध्ययनमा मात्र होइन धेरैजसो दुब्र्यवहार हुने क्रम बढेको छ । आफूमाथि भएका यस्ता दुव्र्यवहारका बारेमा कतिपय बालबालिका खुल्न सकेका छैनन् । अभिभावकहरूले पनि इज्जतको डरले यसको बारेमा बोल्न डराउँछन् ।
प्रविधिको विकासले धेरै क्षेत्रमा सकारात्मक प्रभाव पारेको छ । तर यसको दुरूपयोग गर्ने पनि उत्तिकै छन् । यसको सही प्रयोग गर्न नसक्दा अरूलाई हिंसा हुन जान्छ भने कतिले अरूलाई सताउने उद्देश्यले नै यस्ता क्रियाकलापहरू गरिरहेका हुन्छन् । ईन्टरनेटको दुरूपयोग गरेकै कारणले साईबर विरुद्ध पनि मुद्दाहरू दर्ता हुने गरेका छन् ।
पछिल्लो छ महिनामा यस्तो प्रकृतिका १७ वटा निवेदन परेका छन् । त्यसमा १५ महिला र २ जना पुरुषले ईन्टरनेटका कारण आफूमा हिंसा भएको भन्दै निवेदन दिएको तथ्याङ्ग ईलाका प्रहरी कार्यालय बुटवलमा रहेको छ।

स्रोतः बुटवल टुडे

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्