प्यूठानमा फेरि भित्रियो सलह – Janadesh Daily | ePaper

प्यूठानमा फेरि भित्रियो सलह


जनादेश संवाददाता

प्यूठान । प्यूठानमा फेरि पनि ठूलो संख्यामा सलह किराको हुल प्रवेश गरेको छ । हाल आकाशतिर उडिरहेका सलह दाङ हुँदै प्यूठान भित्रीएको हो ।

सरुमारानी गाउँपालिकामा ठूलो संख्यामा सलह किरा देखिएको छ । दिउँसो  साढे ३ बजेदेखि दाङतिरबाट सलह किरा आएको स्थानिय बताउछन। गाउँ ढाक्ने गरि सलह किरा आकाशमा उडेको देख्नासाथ खेतबारीमा पुगेर किसानहरूले सलह किरा भगाउन थाल, जर्किन, टिनका भाँडा ठटाउने गरिरहेका छन। करीव एक साता अघि आएको सलहले जिल्लाको ४ सय ३१ हेक्टर कृषी बालीमा क्षति पु¥याएको थियो। केहि समय वर्षात भएपछि सलह किराहरु देखिएका थिएन्न।

आज पुनः प्यूठानमा सलह भित्रिएपछि कृषि बाली सखाप पार्ने भन्दै किसान चिन्तित बनेका छन् । तर सलहको हुलले पुर्याएको क्षतिको विवरण भने आइसकेको छैन ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्