राशिदले विश्वकप जितेपछि मात्र विवाह गर्ने – Janadesh Daily | ePaper

राशिदले विश्वकप जितेपछि मात्र विवाह गर्ने


एजेन्सी – लेग स्पिनर राशिद खानले आफूले अफगानिस्तानले विश्वकप जितेपछि मात्र विवाह गर्ने बताएका छन् ।

२१ वर्षिय स्टार लेग स्पिनर राशिदले अजादी रेडियोसँगको कुराकानीको क्रममा अफगानिस्तानले आइसिसी विश्वकप एक पटक जितेपछि आफूले विवाह गर्ने बताएका हुन् । राशिदले सन् २०१५ मा अफगानिस्तानको टोलीमा डेब्यु गरेका थिए । टि२० आई वरियताका शीर्ष नम्बरका बलर राशिद खानले सिमित ओभरको क्रिकेटमा उत्कृष्ट प्रर्दशन गर्दै आएका छन् ।

२०१९ को एक दिवसिय विश्वकप क्रिकेटमा अफगानिस्तानले कुनैपनि खेल नजिती बाहिरिएको थियो । उक्त विश्वकपमा अफगानिस्तानले ९ खेलमानै पराजित भएको थियो । २०१६ मा भारतमा भएको टि२० विश्वकपमा पनि राशिदले अफगानिस्तानको प्रतिनिधित्व गर्दै राम्रो प्रर्दशन गरेका थिए । ओडिआईमा राशिदले ७ खेलमा कप्तानी गर्दा ६ खेलमा हारको सामना गर्नु परेको थियो ।

विश्वकपपछि अफगानिस्तानले केहि समय राशिदलाई टोलीको कप्तान बनाएको थियो । तर खराब नतिजापछि उनीबाट कप्तानी जिम्मेवारी खोसि अस्गर अफघानलाई पून नेतृत्व दिएको छ । राशिदले ४ टेष्टमा २३ विकेट लिनुको साथै १ सय ६ रन बनाएका छन् ।

उनले ७१ ओडिआईमा १ सय ३३ विकेट लिनुको साथैं ९ सय ५ रन बनाएका छन् । ४८ टि२० आईमा ८९ विकेट लिएका छन् । अफगानिस्तान प्रमुख खेलाडी राशिद पछिल्लो समय अन्तर्राष्ट्रिय फ्रेन्चाइज टि२० लिगमा पहिलो रोजाईका स्पिनरको रुपमा स्थान बनाउँदै आएका छन् ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्