स्वास्थ्य मन्त्रालय नमूना बनाएर मात्र अरूलाई हस्तान्तरण गर्छु : मन्त्री ढकाल – Janadesh Daily | ePaper

स्वास्थ्य मन्त्रालय नमूना बनाएर मात्र अरूलाई हस्तान्तरण गर्छु : मन्त्री ढकाल


स्रोतः नेपाली हेल्थ

काठमाडौँं । स्वास्थ्य तथा जनसंख्या मन्त्री भानु भक्त ढकालले मन्त्रालयको पुनर्संचना गरेर नमूना बनाउने दृढता व्यक्त गरेका छन् । सोमबार मन्त्रालयमा स्वास्थ्यसँग सम्बन्धित विभिन्न संघ, संस्था र ट्रेड युनियनका प्रतिनिधिहरूसँग छलफल गर्दै मन्त्री ढकालले नीति तथा कार्यक्रममा उल्लेख भएका विषय कार्यान्वयनमा लैजाने बताए ।

मन्त्री ढकालले हाल स्वास्थ्य मन्त्रालयको नेतृत्व गरेकै कारण विभिन्न स्वार्थ समूहको निशानामा परेको भन्दै त्यसको आफूले दृढतापूर्वक सामना गर्ने बताए । उनले मन्त्राल नमुना बनाएर सबैले अशल मनसायले काम गर्नुपर्ने बताए । उनले स्वास्थ्यमा आमुल परिवर्तनका लागि कोभिड – १९ ले केही असहजता सर्जना गरेको भएपनि आफूले स्वस्थ्य मन्त्रालय नमुना बनाएर मात्र अरूलाई हस्तान्तरण गर्ने दृढता व्यक्त गरे ।

मन्त्री ढकालले स्वास्थ्यको क्षेत्रमा इतिहासकै सबैभन्दा उत्कृष्ट नीति तथा कार्यक्रम आएको भन्दै यसको कार्यान्वयनमा सबै संघ संस्थाले पनि सकारात्मक साथ दिनुपर्ने बताए । मन्त्री ढकालले भने ‘परिवर्तन नचाहने मन्त्रालयभित्रै पनि छन, बाहिर पनि छन तर म यसपटक यो देशमा स्वास्थ्य मन्त्रालय पनि छ भन्ने अनुभुति दिलाउने गरी काम गर्छु ।’

उनले स्वास्थ्यमा परिवर्तनका लागि प्रस्तावित विषयको गृहकार्य गर्न आवश्यक नीति तथा कार्यविधिहरू तय गर्न विभिन्न समिति गठन गरिसकिएको बताए । मन्त्री ढकालले त्यस्ता समितिमा विषयगत क्षेत्रका कुनै संस्थाको प्रतिनिधित्व छुटेको रहेछ भने ती संस्थाका प्रतिनिधिलाइ पर्यपक्षेक सदस्यको रूपमा भए पनि बैठकमा सहभागी गराउने विश्वास दिलाए ।

आफूले पारदर्शी भएर काम गरिरहेको र भोलिका दिनमा पनि त्यसैगरी अघि बढ्ने बताउँदै मन्त्री ढकालले स्वार्थ समूहको हतियार नबन्न अनुरोध गरे । उनले भने ‘असन्तुष्टि र आलोचनाले मात्र निकास दिँदैन । अरूको हतियार बनेर दुरूपयोग नहाऔँ । हामी सबैको कुरा सुन्छौँ । स्वास्थ्य मन्त्रालयलाइ साच्चिकै स्वास्थ्य मन्त्रालय बनाएर छाड्छौँ ।’

उनले पिसिआरको दायरा नघटाइएको भन्दै अहिले २५ वटा ल्याबबाट दैनिक १० हजारको नमुना परिक्षण गर्न सक्ने गरी क्षमतावृद्धि गरिएको बताए ।

मरेका व्यक्तिहरूको पिसिआर भएकोमा कतिपयले असन्तुष्टि जनाएको सन्दर्भ उल्लेख गर्दै उनले मर्ने व्यक्तिबाट समाज र परिवारमा जोखिम हुन नदिन पिसिआर गरिएको बताए ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्