अबको प्रधानमन्त्री प्रचण्ड हो: बरिष्ठ नेता खनाल – Janadesh Daily | ePaper

अबको प्रधानमन्त्री प्रचण्ड हो: बरिष्ठ नेता खनाल


जनादेश संवाददाता

नेपाल कम्युनिष्ट पार्टीका बरिष्ठ नेता झलनाथ खनालले अबको प्रधानमन्त्री पुष्पकमल दहाल प्रचण्ड बन्ने दाबी गरेका छन ।

आलोपालो सरकार चलाउने सहमति अनुसार प्रधानमन्त्री केपि शर्मा ओलीले प्रधानमन्त्री पदबाट राजीनामा दिएर बाटो खुल्ला गर्नु पर्ने बताए ।

अन्तिम चरणमा आएर प्रधानमन्त्रीले दल विभाजन, संकटकाल घोषणा, प्रतिनिधि सभा विघटनको डर देखाएर कुर्सीमा बस्न खोजेपनि ति सबै बाटाहरु बन्द भइसकेकाले त्यस्तो सपना नदेख्न आग्रह गरे ।

हामी पद र कुर्सीका लागि लडेका होइनौ,’बरिष्ठ नेता खनालले भने – बिगतमा जनतालाई बाँडेको सपना पुरा गर्न छोडेर सरकार एकातिर बरालिन लागेकाले सही दिशामा ल्याउन यस्तो तयारी गरेका हौं ।

यही तरिकाले सरकार संचालन हुँदै जाने हो भने नेकपा पाटी नै रहने अवस्थाछैन् ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्