दाङमा थप ५ जनामा कोरोना पुष्टि, कूल संक्रमित ६ सय ३० पुगे – Janadesh Daily | ePaper

दाङमा थप ५ जनामा कोरोना पुष्टि, कूल संक्रमित ६ सय ३० पुगे


चन्द्रप्रकाश नेपाली

घोराही। दाङका ५ जनामा आज कोरोना संक्रमण पुष्टि भएको छ । बाँकेको नेपालगञ्ज स्थित भेरी अस्पतालमा गरिएको स्वाब परिक्षणमा बबई गाउँपालिकाका ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बबई गाउँपालिका वडा नम्बर २ का २४ बर्षिय एक पुरुष, वडा नम्बर ३ का २८ बर्षिय एक पुरुष, वडा नम्बर ४ का ४२ बर्षिय एक पुरुष र वडा नम्बर ६ का ३८ र ४३ बर्षिय दुई पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।

यो सँगै दाङमा कोरोना संक्रमितको संख्या ६ सय ३० पुगेको छ । यसैविच भेरी अस्पतालमै जाँच गरिएको पिसिआरमा रोल्पाका ३ जनामा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

सुनिल स्मृती गाउँपालिका ३ का ३२÷३२ बर्षका दुई पुरुष र परिबर्तन गाउँपालिका २ का २२ बर्षिय एक पुरुषमा कोरोना संक्रमण देखिएको मन्त्रालयले जनाएको छ । सोही अस्पतालमा बर्दिया ठाकुरबाबा २ का ५० बर्षिय पुरुष र बाँके खजुरा ३ का ४१ बर्षिया एक महिलामा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

भेरी अस्पतालमा वितेको २४ घण्टामा २ सय जनाको पिसिआर जाँच गर्दा १० जनामा कोरोना संक्रमण देखिएको हो ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्