बाँकेका घरेलु तथा साना उद्योग अधिकृत ९६ हजार घुससहित पक्राउ – Janadesh Daily | ePaper

बाँकेका घरेलु तथा साना उद्योग अधिकृत ९६ हजार घुससहित पक्राउ


जनादेश संवाददाता

बाँके। घरेलु तथा साना उद्योग कार्यालय बाँकेका उद्योग अधिकृत घुस रकमसहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले आज अधिकृत हुकुमबहादुर वलीलाइ पक्राउ गरेको हो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सम्पर्क कार्यालय नेपालगञ्जका प्रमुख गणेश गैरेले वलीलाई ९६ हजार रुपैयाँ घुस रकमसहित पक्राउ गरेको जानकारी दिनुभयो ।

वलीले निर्माण व्यवसायीको लाइसेन्सबापत घुस रकम माग गरेको अख्तियारको टोलीले जनाएको छ । घटनाका बारेमा थप अनुसन्धान भईरहेको बताईएको छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्