बहुप्राविधिक शिक्षालयका लागि डिपिआर तयार – Janadesh Daily | ePaper

बहुप्राविधिक शिक्षालयका लागि डिपिआर तयार


रुकुमपूर्व ।


भूमे गाउँपालिका –१ लुकुमस्थित सिद्धचौर माध्यमिक विद्यालयमा बन्न लागेको बहुप्राविधिक शिक्षालयको विस्तृत परियोजना प्रतिवेदन तयार भएको छ । जिल्लामा बन्न लागेको प्रदेशकै प्रतिष्ठित बहुप्राविधिक शिक्षालयको डिपिआर तयार भएको हो । प्राविधिक शिक्षालयको डिपिआरसँगै माटो जाँचको काम पनि सम्पन्न भएको छ ।

प्रदेश सरकारले डिपिआरका लागि रु दश लाख बजेट छुट्याएको थियो । डिपिआरको काम सम्पन्न भएसँगै बोलपत्र आह्वान गरेर शिक्षालय निर्माणको काम तीव्र रुपमा अगाडि बढाइने प्रदेशसभा सदस्य तेजबहादुर ओलीले बताउनुभयो । काम शुरु गर्नका लागि प्रदेश सरकारले चालु आर्थिक वर्षमा रु एक करोड बजेट छुट्याएको छ ।

शिक्षालयमा विद्यार्थीले छात्रावाससहितको सेवासुविधा पाउनेछन् । रुकुम(पूर्व), रुकुम(पश्चिम), रोल्पा र बागलुङलगायत आसपासका क्षेत्रलाई ध्यानमा राखेर लुकुममा उक्त शिक्षालय स्थापना गर्न लागिएको हो । रासस

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्