शैक्षिक संस्था सञ्चालन र सभा सम्मेलनमा प्रतिबन्ध – Janadesh Daily | ePaper

शैक्षिक संस्था सञ्चालन र सभा सम्मेलनमा प्रतिबन्ध


जनादेश,सल्यान ।

जिल्ला प्रशासन कार्यालय सल्यानले आज एक सूचना प्रकाशन गरी शैक्षिक संस्था सञ्चालन तथा सभा सम्मेलन गर्न प्रतिबन्ध लगाएको छ ।

जिल्ला सदरमुकामलगायत विभिन्न स्थानमा तीव्र रुपमा कोरोना संक्रमण फैलिँदै गएपछि प्रशासनले शैक्षिक संस्था सञ्चालन तथा सभा सम्मेलनमा रोक लगाएको हो शैक्षिक संस्था सञ्चालन र सभा सम्मेलनमा प्रतिबन्ध

जिल्लाका अधिकांश विद्यालयमा पढाइ भइरहेकाले कोरोनासम्बन्धी जटिल अवस्था सिर्जना हुन नदिन तत्कालका लागि रोक्न प्रमुख जिल्ला अधिकारी हेमराज तामाङ्गले जिल्लाका सबै स्थानीय तहअन्तर्गतका विद्यालयलाई आग्रहसमेत गर्नुभएको छ ।

अर्को सूचना प्रकाशन नगर्दासम्मका लागि भन्दै स्थानीय तह तथा विद्यालयमा शुक्रबारदेखि नै पठनपाठन बन्द गर्न सूचना समेत पठाइसकेको प्रमुख जिल्ला अधिकारी तामाङले बताउनुभयो ।

दैनिक उपभोग्य बस्तु किनमेलका लागि बिहान ६ बजेदेखि नौ बजेसम्म पसलहरु सञ्चालन गर्न पाइने र महत्वपूर्ण काम तथा मजदुरले दूरी कायम गरी काम गर्नु पर्ने व्यवस्था मिलाइएको उनले जानकारी गराउनुभयो ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्