सल्यानमा मास्क नलगाउने ३ सय जना कार्वाहीमा – Janadesh Daily | ePaper

सल्यानमा मास्क नलगाउने ३ सय जना कार्वाहीमा


चन्द्रप्रकाश नेपाली

घोराही । सल्यानमा मास्क नलगाएर हिड्नेलाई प्रहरीले कार्वाही थालेको छ । प्रहरीले मास्क नलगाएको भन्दै तीन दिनमा ३० हजार रुपैयाँ जरिवाना संकलन गरेको छ ।

कोरोना संक्रमणबाट बच्न अनिवार्य मास्क लगाउन सरकारले आग्रह गर्दै आएको छ । तर अटेरी गरेर विना मास्क बजारमा निस्कनेलाई सम्झाई बुझाई गरि एक सय रुपैयाँ जरिवाना गर्ने गरेको छ ।

तीन दिनमा ३ सय जनालाई प्रहरीले मास्क नलगाएको भन्दै जनही एक सय रुपैयाँ तिराउदै आएको सल्यानका प्रहरी प्रमुख डिएसपी ढकेन्द्र खतिवडाले जानकारी दिनुभएको छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्