उपसचिव रेग्मीविरुद्ध विशेष अदालत काठमाडौँमा मुद्दा दर्ता अवैध कमाइ साढे ४ करोड ५४ लाख ! – Janadesh Daily | ePaper

उपसचिव रेग्मीविरुद्ध विशेष अदालत काठमाडौँमा मुद्दा दर्ता अवैध कमाइ साढे ४ करोड ५४ लाख !


जनादेश संवाददाता

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बाँसगढी नगरपालिका नगर कार्यपालिकाको कार्यालय, बर्दियामा शिक्षा युवा तथा खेलकुद शाखाका उपसचिव मन प्रसाद रेग्मीविरुद्ध विशेष अदालत काठमाडौँमा मुद्दा दर्ता गरेको छ ।

उपसचिव (अधिकृत ९औँ) पदमा कार्यरत रेग्मीको विभिन्न बैङ्कहरूमा रहेका खातामा कर्जा कारोबार बाहेक जम्मा तथा खर्च रकम १२ करोड ८० लाखभन्दा बढी देखिएको भन्ने उजुरी उपरको अनुसन्धानको क्रममा सो रकम अवैध भेटिएको आयोगले जनाएको छ ।

उपसचिव रेग्मीले अवैध कमाइबाट आर्जित सम्पत्ति श्रीमती पम्फादेवी पाण्डेय र छोरी सन्ध्या रेग्मी समेतका नाममा राखेको पाइएकोले दुवैलाई समेत प्रतिवादी कायम गरिएको छ ।

उपसचिव रेग्मीले साढे चार करोड ५४ लाख ३३ हजार छ सय ९८ रुपैयाँ अवैध रूपमा आर्जन गरेको ठहर गर्दै आयोगले अदालतमा भ्रष्टाचार सम्बन्धी आरोप पत्र दायर गरेको हो ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्