पछिल्लो २४ घण्टामा नेपालमा ११६ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १७ हजार १७७ पुग्यो – Janadesh Daily | ePaper

पछिल्लो २४ घण्टामा नेपालमा ११६ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १७ हजार १७७ पुग्यो


नेपाली हेल्थ

काठमाडौँ । पछिल्लो चौविस घण्टामा देशभर थप ११६ जनामा कोरोना भाइरस९(कोभिड-१९)संक्रमण देखिएको छ ।

पछिल्लो २४ घण्टामा देशभरका २६ वटा प्रयोगशालामा ५ हजार ९० वटा पीसीआर बिधिबाट गरिएको नमुना परीक्षणका क्रममा थप ११६ जनामा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको हो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित कोरोना ब्रिफिङका क्रममा प्रवक्ता डा जागेश्वर गौतमले चौबिस घण्टामा ११६जनामा संक्रमण देखिएको बताए ।

यो संगै नेपालमा कुल संक्रमितको संख्या १७ हजार १७७ पुगेको छ।

पछिल्लो २४ घण्टामा थप ६९७ जना उपचारपछि निको भएर डिस्चार्ज भएका छन् । यो सहित डिस्चार्ज हुनेको कुल संख्या ११ हजार २५ पुगेको छ ।

देशभरका बिभिन्न अस्पतालका आइसोलेशनमा ६ हजार ११३ जना उपचाररत छन् । भने क्वारेनटिनमा २४ हजार ५२७ जना रहेका छन् ।

देशभर हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३९ पुगेको छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्