भारतमा ५० लाख मानिसले जिते कोरोना – Janadesh Daily | ePaper

भारतमा ५० लाख मानिसले जिते कोरोना


एजेन्सी ।
भारतमा कोरोनामुक्त हुनेको संख्या ५० लाख नाघेको छ । कुल संक्रमित संख्या ६० लाख नाघ्दा ८२ दशमलब ६ प्रतिशत अर्थात ५० लाख १६ हजार ५ सय बढी कोरोनामुक्त भएका हुन् । पछिल्लो समय कोरोनाबाट निको हुने दर बढिरहेको छ ।

पछिल्लो ११ दिनमा संक्रमण भन्दा धेरै १० लाख कोरोनामुक्त भएका छन् । सार्क मुलुकमा भारतको निकोदर नेपाल, भुटान र बंगलादेशको भन्दा राम्रो रहेको छ । पछिल्लो २४ घण्टामा नेपालको ७३ दशमलब ४, भुटानको ७५ दशमलब ३ र बंगालदेशको ७४ दशमलब ८ निको दर छ ।

भारतमा विगत २४ घण्टामा ८२ हजार १ सय ७० संक्रमित थपिएका थिए । योसँगै संक्रमित संख्या ६० लाख ७५ हजार पुगेको छ । यस्तै कोरोनाका कारण एकैदिन १ हजार ३९ जनाको मृत्यु भएको स्वास्थ्य तथा कल्याण मन्त्रालयले जनाएको छ । पछिल्लो आँकडासँगै भारतमा मृतक संख्या ९५ हजार ५ सय ४२ पुगेको छ ।

संक्रमणबाट महाराष्ट्र नराम्ररी प्रभावित भइरहेको छ । महाराष्ट्र राज्यमा मात्रै १३ लाख भन्दा बढी संक्रमित छन् । महाराष्ट्रपछि आन्ध्र प्रदेश दोश्रो प्रभावित राज्य बनेको छ ।

आन्ध्र प्रदेशमा कोरोनाका कारण अहिले सम्म ५ हजार ७ सय ८ व्यक्तिको ज्यान गइसकेको छ भने ६४ हजार ८ सय ७६ संक्रमित भएका छन् । भारत विश्वमा कोरोना संक्रमित संख्यामा दोश्रो र मृतक संख्यामा अमेरिका र ब्राजिलपछि तेश्रो स्थानमा छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्