कोरोना महामारीः संक्रमित संख्या ३ करोड ३५ लाख, मृत्यु १० लाख ६ हजार – Janadesh Daily | ePaper

कोरोना महामारीः संक्रमित संख्या ३ करोड ३५ लाख, मृत्यु १० लाख ६ हजार


विश्वमार २ करोड ४८ लाख भन्दा बढीले जिते कोरोना

एजेन्सी ।
विश्वमा कोरोना संक्रमित हुने मानिसको कुल संख्या ३ करोड ५३ लाख नाघेको छ । गत चौबीस घण्टामा २ लाख २६ हजार कोरोना संक्रमित थपिएपछि अहिलेसम्म संक्रमित हुनेको संख्या ३ करोड ५३ लाख ९ हजार भन्दा बढी पुगेको छ ।

त्यस्तै विश्वमा कोरोनाका कारण ज्यान गुमाउनेको स‌ंख्या १० लाख ६ हजार नाघेको छ । गत चौबीस घण्टामा ३ हजार भन्दा बढीको ज्यान गएपछि ज्यान गुमाउनेको स‌ंख्या १० लाख ६ हजार भन्दा बढी भएको हो ।


अहिलेसम्म अमेरिकामा २ लाख ९ हजार ७ सय, ब्राजिलमा १ लाख ४२ हजार र भारतमा ९६ हजार जनाको कोरोनाकै कारण ज्यान गैसकेको छ ।

कुन देशमा कति संक्रमित
सबैभन्दा बढी संक्रमित रहेको अमेरिकामा गत चौबीस घण्टामा ३५ हजार विरामी थपिएका छन् । योसँगै त्यहाँ कोरोना संक्रमितको संख्या ७३ लाख ५९ हजार नाघको छ ।


त्यहाँ २४ घण्टामा ३ सय जना भन्दा बढीको कोरोनाका कारण मृत्यु भएको छ । योसँगै अमेरिकामा मृत्यु हुनेको संख्या २ लाख ९ हजार ७ सय भन्दा बढी पुगेको छ ।

त्यस्तै सर्वाधिक संक्रमणदर रहेको भारतमा गत चौबीस घण्टामा ६९ हजार भन्दा बढी बिरामी थपिएका छन् । योसँगै भारतमा कुल संक्रमितको संख्या ६१ लाख ४३ हजार पुगेको छ ।

त्यहाँ चौबीस घण्टामा ७ सय भन्दा बढीले ज्यान गुमाएका छन् । र मृत्यु हुनेको कुल संख्या ९६ हजार नाघेको छ ।

त्यस्तै ब्राजिलमा चौबीस घण्टामा १६ हजार भन्दा बढी बिरामी थपिएर कुल संक्रमितको स‌ंख्या ४७ लाख ४८ हजार पुगेको छ ।

विश्वमा २ करोड ८६ लाख ६७ हजार मानिसले भने कोरोना जित्न सफल भएका छन् ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्