अब गुगल मिट निःशुल्क नहुने, एक घण्टापछि चार्ज – Janadesh Daily | ePaper

अब गुगल मिट निःशुल्क नहुने, एक घण्टापछि चार्ज


एजेन्सी ।
कोरोना महामारी पछि भर्चुअल मिटिङ तथा कन्फरेन्स र वेविनारहरु लोकप्रिय विकल्प बनेका छन् । जुम र गुगल मिट लगायतका प्लेटफर्मको उच्च प्रयोग भैरहेको छ ।

यसैबीच गुगलले ल्याएको गुगल मिट सेवा अब निःशुल्क नहुने भएको छ । एक घण्टा मात्रै निःशुल्क प्रयोग गर्न पाइने र त्यसपछि शुल्क तिर्नुपर्ने नियम गुगलले ल्याएको छ ।

 

अनलाइनमार्फत् भिडियो बैठक तथा कुराकानी गर्न मिल्नेगरी गुगलले गुगल मिट सेवा सुरु गरेको थियो । अहिलेसम्म निःशुल्क रहेको यो सेवा सेप्टेम्बर ३० देखि एक पटकमा बढीमा ६० मिनेट मात्रै निःशुल्क प्रयोग गर्न पाइने र त्यसभन्दा बढी प्रयोग गरे शुल्क तिर्नुपर्ने भएको छ ।

गुगल मिटको अन्य सेवा तथा कार्यप्रणालीमा कुनै परिवर्तन भने नगरिएको तर निःशुल्क अवधि घटाइएको गुगलले जनाएको छ । यो एपमा २५० जनाभन्दा बढी सहभागी एकैपटक राखेर बैठक गर्न सकिन्छ ।

एउटै डोमेनबाट एक लाखभन्दा बढीले हेर्न मिल्नेगरी प्रत्यक्ष प्रसारण गर्न मिल्ने र गुगल ड्राइभमा रेकर्ड गर्न पनि मिल्ने सेवा दिइने तर उपभोक्ताहरूले मासिक २५ डलर मात्रै तिर्नुपर्ने गुगलद्वारा जारी वक्तव्यमा उल्लेख गरिएको छ ।

 

यो पनि हेर्नुस्- कोरोना महामारीले मालामाल भएको एक कम्पनी र त्यसका मालिकको रोचक कथा 

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्