एजेन्सी ।
चीनमा विद्यार्थीलाई विष पिलाएको अभियोगमा एक शिक्षिकालाई मृत्युदण्डको सजाय सुनाइएको छ । गत वर्ष चिओचोउ शहरस्थित बाल विद्यालयमा शिक्षिकाले विष पिलाउदाँ १ जना विद्यार्थीको मृत्यु भएको थियो भने अन्य २५ जना विरामी परेका थिए ।
विद्यार्थीलाई विष खुवाएको आरोपमा शिक्षिका वाङ युनलाई प्रहरीले पक्राउ गरेको थियो । अदालतले नतिजा राम्रो ल्याउन नसकेको भन्दै शिक्षिका युनले विहानको खाजामा सोडियम नाइट्रेट मिसावट गरेकी थिइन् । खाना खाएपछि २३ विद्यार्थीले वान्ता गर्नुका साथै बेहोश भएका थिए ।
गत वर्षको मार्च २७ तारिख भएको उक्त घटनाले चिनियाँ समूदायलाई स्तब्ध तुल्याएको थियो । चीनमा समय समयमा व्यक्तिगतरुपमा मानिसहरुले विक्षिप्त व्यवहार देखाएका घटना सार्वजनिक हुने गरेका छन् ।