६० प्रतिशत स्थानीय तह समय मै बजेट ल्याउन असफल – Janadesh Daily | ePaper

६० प्रतिशत स्थानीय तह समय मै बजेट ल्याउन असफल


टिकाराम पोर्खेल

काठमाण्डौ । देशभरीका ७ सय ५३ मध्ये ६० प्रतिशतभन्दा बढी स्थानीय सरकारहरू निर्धारित मितिमा बजेट प्रस्तुत गर्न असफल भएका छन् । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अनुसार ४ सय ५२ वटा स्थानीय सरकारले अझैसम्म बजेट प्रस्तुत गर्न सकेका छैनन् ।

जबकि असार १० गते भित्रै सबै स्थानीय तहले बजेट ल्याइसक्नुपर्ने थियो । पारित गरिसक्नुपर्ने असारमसान्तसम्म पनि उनीहरूले बजेट पेस गर्न नसकेको मन्त्रालयले जनाएको छ ।

प्रदेश १ का ८४, प्रदेश २ का१०९, बागमतीका ६७, प्रदेश ५ का ४८, कर्णालीका ५० र सुदूरपश्चिम प्रदेशका ५६ वटा स्थानीय तहले बजेट ल्याउन सकेका छैनन् ।

स्थानिय सरकारहरुले राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त व्यवस्थापन सम्बन्धी कानुनले तोकेको सुत्र अनुसार संघले बजेट विनियोजन नगर्दा स्थानीय तहहरूको योजना तर्जुमा असर परेको बताएका छन् ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्