टेलिभिजन बहसमा बोल्दा आलोचना भएपछि ट्रम्पले बोली फेरे – Janadesh Daily | ePaper

टेलिभिजन बहसमा बोल्दा आलोचना भएपछि ट्रम्पले बोली फेरे


एजेन्सी ।

राष्ट्रपतीय चुनाव अन्तर्गत भएको टेलिभिजन बहसमा बोलेका कुरालाई लिएर आलोचना बढेपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बोली फेरेका छन् ।

श्वेतहरुको उचता वकालत गर्ने समूहको निन्दा गर्न अस्वीकार गरेका ट्रम्पले उनीहरुलाई आफ्ना गतिविधिका लागि बढावा दिएको भन्दै आलोचना भएपछि ट्रम्पले एक दिनमै बोली फेरेका हुन् ।

बुधबार भएको चुनावको पहिलो टेलिभिजन बहसमा ट्रम्पलाई ह्वाइट सुप्रिमिस्ट तथा मिलिसिया ग्रुपको आलोचना गर्न अर्का प्रतिस्पर्धी जो बाइडेनले चुनौति दिएका थिए । तर उनले त्यसो गरेनन् । उल्टै श्वेतहरुको उचताका पक्षमा रहेको समूह ‘प्राउड बोइज’ लाई आफ्नो साथमा खडा हुन र भइरहन अपिल गरेपछि ट्रम्पको व्यापक आलोचना भएको थियो ।

बुधबार अबेर ट्रम्पले ‘फार–राइट’ समूहलाई आफ्ना गतिविधि रोकेर सुरक्षा निकायलाई आफ्नो काम गर्न दिन अपील गरेका छन् । बोली फेरेका ट्रम्पले भनेका छन्, ‘प्राउड बोइज को हुन् म चिन्दिनँ ।’ तर फक्स न्यूजले दुई नेताको बहसमा ट्रम्पले अत्याधिक प्रतिशतले जितेको भन्दै प्रसारण गरेको समाचार पनि ट्रम्पले शेयर गरेका छन् ।

 

तीन चरणको पहिलो टेलिभिजन बहस अमेरिकी इतिहासमै सबैभन्दा खराब र अमेरिकी प्रजातन्त्रमाथि लाजको विषय बनेको टिप्पणी अमेरिकी सञ्चारमाध्यमले गरेका छन् ।

यो पनि हेर्नुस्- 

ट्रम्प बाइडेन चर्काचर्कीः सञ्चार माध्यमले भने इतिहासकै खराब बहस

अमेरिका निर्वाचन २०२०: मत सर्वेक्षणमा को अगाडि – डोनल्ड ट्रम्प कि जो बाइडन? 

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्