लकडाउनबाट मुक्त हुन एक वर्ष लाग्न सक्छ : प्रधानमन्त्री नेतन्याहु    – Janadesh Daily | ePaper

लकडाउनबाट मुक्त हुन एक वर्ष लाग्न सक्छ : प्रधानमन्त्री नेतन्याहु   


जेरूसेलम ।  

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले आफ्नो मुलुक कोभिड–१९ बन्दाबन्दीबाट मुक्त हुन छ महिनादेखि एक वर्षसम्म लाग्नसक्ने बताउनुभएको छ ।

“यो लकडाउनबाट बिस्तारै र क्रमिकरूपमा इजरायल मुक्त हुनेछ र यो आधा वर्षदेखि एक बर्षसम्म रहन सक्छ,“ उहाँले बुधबार मन्त्रीपरिषद्को बैठकमा भन्नुभयो ।

स्थानीय सञ्चारमाध्यमका अनुसार प्रधानमन्त्रीले बासिन्दाहरूलाई उनीहरूको घरबाट २०० मिटरभन्दा बाहिर जानबाट रोक्नुपर्ने र अतिआबश्यक बाहेकका गतिविधिलाई नियन्त्रण गर्न थप प्रतिबन्धको लागि आग्रह गर्नुभएको छ । हालका प्रतिबन्धले उक्त सीमालाई एक हजार मिटरमा राखेको छ ।

इजरायलले सेप्टेम्बर १८ देखि तीन हप्ताका लागि दोस्रो पटक राष्ट्रव्यापी लकडाउनको घोषणा गरेको छ । इजरायलमा सुरुमा फेब्रुअरीमा भाइरसबाट सङ्क्रमित पहिले विरामी फेला परेपनि पछिल्ला केही हप्तामा यहाँको सङ्क्रमण दर बढ्न थालेपछि दोस्रो पटक लकडाउनको घोषणा गरेको हो ।

इजरायलमा कोभिड–१९ नियन्त्रणका लागि लिइएका नियन्त्रण उपायका कारण अर्थतन्त्रमा व्यापक प्रभाव परेको छ । इजरायलको झण्डै एक चौँथाइ अर्थात् नौ लाख श्रमशक्ति कोरोनाका कारण बेरोजगार बनेको इजरायली रोजगार सेवा केन्द्रद्वारा सार्वजनिक तथ्याङ्कमा उल्लेख छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्