बालिकालाई अपहरण गरी बलात्कार गरेको आरोपमा पोखरामा ४ पक्राउ – Janadesh Daily | ePaper

बालिकालाई अपहरण गरी बलात्कार गरेको आरोपमा पोखरामा ४ पक्राउ


जनादेश संवाददाता

पोखरा । कास्की प्रहरीले  बालिका अपहरण तथा करणी सम्बन्धी कसूरका ४ आरोपितलाई पोखरामा पक्राउ गरेको छ  ।

मंगलबार बिहान ६ :३० बजे पोखरा – २ स्थित सहारा अस्पतालको अगाडिबाट वालिकालाई जबरजस्ती कारमा राखि लेकसाइडमा होटलमा लगेर  करणी गरेको आरोपमा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।

अपहरण तथा बलात्कार आरोपमा पोखरा १८ लामागाउँबाट अन्नपुर्ण गाउँपालिका बस्ने २४ वर्षीय कपिल गुरुङ, २२ वर्षीय योगेश थकाली, १८ वर्षीय सुशल गुरुङ  र १९ वर्षीय पुकार गुरुङ पक्राउ परेको कास्की प्रहरी प्रवक्ता तथा डिएसपी सुवास हमालले जानकारी दिए ।

उनीहरुलाई अपहरण तथा शरिर बन्धक र करणी सम्बन्धी कसूर अन्तर्गत मुद्दा दर्ता गरी म्याद थप गरी अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

प्रहरीले उनीहरू सवार रहेको  नीलो रंगको ग १ च ७७४५ नम्बरको सवारी साधन नियन्त्रणमा लिएको छ

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्