जापानका ‘ट्वीटर किलर’ ले वर्षौपछि स्वीकार गरे अपराध – Janadesh Daily | ePaper

जापानका ‘ट्वीटर किलर’ ले वर्षौपछि स्वीकार गरे अपराध


एजेन्सी । 

सामाजिक सञ्जाल ट्वीटरमार्फत आफ्नो सम्पर्कमा आएका व्यक्तिको हत्या गर्ने एक सिरियल किलरलाई पक्राउ गरिएको छ । जापानका ताकाहिरो सिराइसीले ट्वीटर मार्फत आफ्नो सम्पर्कमा आएका नौ व्यक्तिको हत्या गरेका थिए ।

उनीविरुद्ध हत्या अभियोगमा मुद्धा अघि बढाइएको जापानी छ । ट्वीटर किलर ’ को उपनामले कुख्याती कमाएका सिराइसीलाई सन् २०१७ मा प्रहरीले गिरफतार गरेको थियो । त्यसबेला उनको अपार्टमेन्टबाट मानव अंगका टुक्राहरु बरामद भएको थियो । बुधवार राजधानी टोकीयोस्थित अदालतमा उनले आफुविरुद्ध लगाइएका सम्पूर्ण अपराध स्वीकार गरेका छन् ।  उनका वकिलहरुले भने पिडितहरुले नै उनलाई आफ्नो हत्या गर्न सहमति दिएको भन्दै उनको संजाय घटाउनु पर्ने माग गरेका थिए । तर, उनले आफ्नै वकिलको भनाई काट्दै पिडितहरुलाई उनीहरुको अनुमति बिना नै आफुले मारेको दावी गरेका छन् ।

अदालतले उनलाई सम्पूर्ण हत्याकाण्डका लागि दोषि करार गर्नुका साथै मृत्युदण्ड सुनाएको छ । ताकाहिरोले सन् २०१७ मा आत्महत्या गर्ने विचारमा रहेकी एक महिलाहरुलाई सम्पर्क गर्न ट्वीटर अकाउन्ट खोलेका थिए । उनले हत्या गरेका आठ जना पिडित महिला रहेका छन् भने एक जना २० वर्षिय पुरुष रहेका छन् । ती मध्ये सबैभन्दा कम उमेरकी एक १५ वर्षिया किशोरी रहेकी छन् । २९ वर्षिय ताकाहिरोले आफुले मर्न चाहनेहरुलाई सजिलै मर्ने तरिका बताउने र आफु पनि तिनीहरुसंगै मर्ने बताएर शिकार फसाउने गरेको बताइएको छ ।

‘ साँच्चै पिडा भोगिरेका हरुलाई म मद्धत गर्न चाहन्छुं । कृपया मलाई कुनैपनि बेला प्रत्यक्ष सन्देश पठाउनू होला उनले यस्तो प्रकारको सन्देश ट्वीटरमा लेख्ने गर्दथे ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्