त्रिविको अनुसन्धानमूलक जर्नल – Janadesh Daily | ePaper

त्रिविको अनुसन्धानमूलक जर्नल


काठमाडौँ ।

img
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले त्रिभुवन विश्वविद्यालयले प्रकाशन गरेको अनुसन्धानमूलक ‘जर्नल’ को आज भर्चुअलरुपमा लोकार्पण गर्नुभएको छ । त्रिवि अनुसन्धान केन्द्रद्वारा प्रकाशित सो जर्नलमा कोभिडसम्बन्धी १९ अनुसन्धानमूलक सामग्री छन् ।
मन्त्री पोखरेलले बन्दाबन्दीपछिको स्थितिमा अनलाइन कक्षा र अनुसन्धानका क्षेत्रमा त्रिविले गरेका कार्य उल्लेखनीय भएको बताउनुभयो ।

विश्वविद्यालयका उपकुलपति प्रा डा धर्मकान्त बाँस्कोटाले आफ्ना स्वास्थ्यविज्ञले देशभरि कोभिड –१९ प्रयोगशाला निर्माण र विस्तारमा अग्रणी भूमिका निर्वाह गर्दै देशलाई कोभिडको जोखिमबाट सुरक्षित बनाउन योगदान गरिरहेको जनाउनुभयो ।

कोभिडलगायत स्वास्थ्यसम्बन्धी अन्य विषयमा अनुसन्धान गर्न नेपाल स्वास्थ्य अनुसन्धान परिषद् र विश्वविद्यालयबीच सम्झौता भई कार्य अगाडि बढिरेको छ । रासस

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्