वैदेशिक रोजगार बोर्डको विशेषज्ञ सदस्यबाट कैलाश खड्काले दिए राजीनामा – Janadesh Daily | ePaper

वैदेशिक रोजगार बोर्डको विशेषज्ञ सदस्यबाट कैलाश खड्काले दिए राजीनामा


जनादेश संवाददाता

वैदेशिक रोजगार बोर्डको विशेषज्ञ सदस्यबाट कैलाश खड्काले राजीनामा दिएका छन्।

व्यक्तिगत कारण देखाउँदै समय दिन असमर्थ रहेको भनी उनले बोर्डका अध्यक्ष समेत रहेका श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रामेश्वर राय यादव समक्ष बिहीबार राजीनामा दिएका हुन्।

असार १९ गते बसेको बोर्डको बैठकले खड्कालाई बोर्डको विशेषज्ञ सदस्यमा नियुक्त गर्ने निर्णय गरेको थियो।तर खड्कालाई नियुक्त गरिएपछि चौतर्फी विरोध भएको थियो। विरोधकै कारण श्रम मन्त्री यादवकै सल्लाहमा खड्काले राजीनामा दिएका हुन्।

दुई वर्षका लागि नियुक्त भएका खड्काले १० दिनमै राजीनामा दिएका हुन्। अर्का सदस्य म्यानपावर व्यवसायी हेम गुरुङले पनि बोर्डको सदस्य बस्न असमर्थता जनाएका थिए।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्