धितोपत्र बजारः नेप्से ३२ अङ्कले बढ्यो    – Janadesh Daily | ePaper

    धितोपत्र बजारः नेप्से ३२ अङ्कले बढ्यो   


 काठमाडौँ (रासस)
धितोपत्र बजारमा आज शेयर कारोबार मापक नेप्से परिसूचक ३२ अङ्कले बढेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से ३२.४२ अङ्कले बढेर एक हजार ३९४.७७ मा पुगेको छ । यस्तै सेन्सेटिभ परिसूचक ६.८१ अङ्कले बढेर २९५.०६ मा पुगेको छ ।

आज कूल १८० कम्पनीका २९ लाख १४ लाख ५१८ कित्ता शेयर रु एक अर्ब चार करोड १७ लाख ७० हजार ८६७ मा खरिदविक्री भयो । आज कारोबार भएको १२ वटै उपसमूहको शेयर उकालो लागेको छ । बैंकिङ ४०.९९, व्यापार १३.९१, होटल १२.२६, विकास बैंक ६०.०५, जलविद्युत् ९.९२, वित्त १६.८२, निर्जीवन बीमा ७९.३७, उत्पादन ४५.५५, अन्य ६.७९, लघुवित्त ६.४८, जीवन बीमा १३४१.१५ र सामूहिक लगानी कोष ०.०३ अङ्कले बढेको छ ।

आज कारोबार रकमका आधारमा नेपाल पुनर्बीमा कम्पनी शीर्ष स्थानमा रह्यो । सो कम्पनीको शेयर रु नौ करोड ४१ लाख ७२ हजार ५६४ मा खरिदविक्री भयो । यस्तै एनएमबी बैंकको रु आठ करोड २७ लाख ५७ हजार ५०८, एनआईसी एशिया बैंकको रु पाँच करोड ६८ लाख २१ हजार ६७३, नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको रु तीन करोड ५८ लाख ४८ हजार ३२८, नबिल बैंक लिमिटेड रु तीन करोड चार लाख १३ हजार १४६ र ग्लोबल आईएमई बैंकको शेयर रु दुई करोड ५१ लाख ३२ हजार ३५० मा खरिदविक्री भयो ।

आज सबैभन्दा बढी एनआईसी एशिया लघुवित्त वित्तीय संस्थाका शेयरधनीले सबैभन्दा बढी ९.९६ प्रतिशतले कमाए । यस्तै मितेरी डेभलपमेन्ट बैंक ९.१२, लक्ष्मी बैंक ९.०९, पोखरा फाइनान्स ८.९०, रिलायन्स फाइनान्स ८.२६ र गुराँस लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले ८.११ प्रतिशतले कमाए ।

ओरियन्टल होटल लिमिटेडका लगानीकर्ताले ६.३८ प्रतिशतले गुमाउँदा राधी विद्युत् कम्पनी ५.०३, नबिल ब्यालेन्स फण्ड–२ ३.८४, सामुदायिक लघुवित्त वित्तीय संस्था ३.०३, स्वरोजगार लघुवित्त विकास बैंक ३.०३, युनाइटेड मोदी हाइड्रोपावर २.८८ र सपोर्ट माइक्रोफाइनान्स वित्तीय संस्थाका शेयरधनीले २.८२ प्रतिशतले गुमाए ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्