मुक्तिनाथ विकास बैंकमा राखेको बम सेनाद्वारा निस्क्रिय – Janadesh Daily | ePaper

मुक्तिनाथ विकास बैंकमा राखेको बम सेनाद्वारा निस्क्रिय


सल्यान, १ साउन (रासस) ः

सल्यानको बागचौर नगरपालिका–२ स्थित मुक्तिनाथ विकास बैंकमा राखिएको बाल्टिन बम आज नेपाली सेनाको बम डिस्पोजल टोलीले निस्क्रिय पारेको छ ।

नेपाली सेनाको सवुज गण सिमखर्कबाट गएको सहसेनानी सन्देश थापाको बम डिस्पोजल टोलीले आज दिउँसो १ः२४ बजे सो बम निस्क्रिय पारेको हो । बैंकमा बम रहेको हल्ला फैलिएपछि प्रहरीले सो ठाउँलाई नियन्त्रणमा लिई शिलबन्दी गरेको थियो ।

बमसँगै जनपरिषद् सल्यानको नाममा राखिएको पर्चामा कोरोना महामारीको समयमा समेत किसानहरुसँग ऋण असुली गरेको, लकडाउनको समयमा किसानहरुलाई ऋण तिर्न बाध्य पारेकोलगायतका कुराहरु लेखिएको पर्चा भेटिएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

घटनाको कसैले जिम्मेवारी नलिए पनि प्रतिबन्धित नेकपा माओवादीले राखेको हुनसक्ने अनुमान गरिएको छ । घटनाको थप अनुसन्धान भइरहेको र बम राख्ने व्यक्तिको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

कर्णाली प्रदेश सरकारले साउने सङ्क्रान्तिको अवसरमा सार्वजनिक बिदा दिइएकाले बैंक बन्द रहेको थियो ।

कार्यालयको आन्तरिक कामका लागि कर्मचारी कार्यालयमा जाने क्रममा बम जस्तो शङ्कास्पद वस्तु देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्