खुकुरी प्रहार गरी श्रीमतीको हत्या – Janadesh Daily | ePaper

खुकुरी प्रहार गरी श्रीमतीको हत्या


झापा ।


कमल गाउँपालिका–२ त्रिवेणी चोक बस्ने ३४ वर्षीय रामजी थापाले आज साँझ श्रीमतीको हत्या गरेका छन् । उनले घरायसी विवाद हुँदा २४ वर्षीया श्रीमती रीता थापाको घाटीमा खुकुरी प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

घटनाबारे थाहा पाउने वित्तिकै घटनास्थल पुगेको तोपगाछी प्रहरी चौकीबाट खटिएको टोलीले उनलाई घटनास्थलबाटै पक्राउ गरेको हो । प्रहरीले अभियुक्त रामजीलाई जिल्ला प्रहरी कार्यालय झापाको हिरासतमा राखी थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता राकेश थापाले बताउनुभयो । प्रहरीले उनले श्रीमतीको हत्यामा प्रयोग गरेको खुकरी समेत नियन्त्रणमा लिएको जनाएको छ । रासस

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्