राजेशल हमालले – दीपाश्रीलाई दिए माफी – Janadesh Daily | ePaper

राजेशल हमालले – दीपाश्रीलाई दिए माफी


काठमाडौं । आफ्नो कारणले अभिनेत्री एवं निर्देशक दीपाश्री निरौलाले लगातार दुई सातादेखि गाली खानुपरेपछि अभिनेता राजेश हमालले निरौलालाई माफ गर्न आफ्ना प्रशंसकलाई आग्रह गरेका छन् ।

दुई साताअघि एउटा टेलिभिजनमा अन्तर्वार्ता दिनेक्रममा अभिनेत्री दीपाश्री निरौलाले तत्कालीन अवस्थामा राजेश हमाल पूर्ण निष्क्रिय भएको भन्दै उनलाई सम्बोधन गरिने ‘महानायक’ उपाधिलाई अस्वीकार गरेकी थिइन् ।

त्यसपछिबाट अभिनेत्री निरौलालाई सामाजिक सञ्जालमा दर्शकले नियमित गाली गर्दै आएका छन् । यस्तो गाली रोक्न चलचित्रसम्बन्धी सातवटा संस्थाले संयुक्त प्रेस विज्ञप्ति जारी गर्दा पनि गाली गर्नेक्रम रोकिएन ।

अन्तत : अभिनेता हमालले सामाजिक सञ्जालमा एक भिडियो सार्वजनिक गर्दै दीपाश्रीलाई माफ गरिदिन आफ्ना प्रशंसकलाई आग्रह गरेका हुन् ।

स्रोतः राजधानी दैनिक

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्