इंग्ल्यान्डको बलियो सुरुआत – Janadesh Daily | ePaper

इंग्ल्यान्डको बलियो सुरुआत


म्यानचेस्टर । इंग्ल्यान्डले वेस्ट इन्डिजविरुद्धको दोस्रो टेस्टको पहिलो दिन बिहीबार बलियो सुरुआत लिएको छ । टस हारेर पहिले ब्याटिङको निम्तो पाएको इंग्ल्यान्डले दिनको खेल टुंगिदा तीन विकेट गुमाएर २ सय ७ रन बनाएको छ ।

नटआउट ब्याट्सम्यानमध्ये डन सिबलीले ८६ र बेन स्टोक्सले ५९ रन बनाए । उनीहरूले १ सय २६ रनको साझेदारी गरिसकेका छन् । यसअघि इंग्ल्यान्डले २९ रन बनाउँदाम्म दुई विकेट गुमाइसकेको थियो ।

वेस्ट इन्डिज तीन टेस्टको सिरिजमा १–० ले अगाडि छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्