कोरोनाको दोश्रो लहर, फ्रान्सका ९ शहरमा कर्फ्यू – Janadesh Daily | ePaper

कोरोनाको दोश्रो लहर, फ्रान्सका ९ शहरमा कर्फ्यू


एजेन्सी ।

फ्रान्समा कोरोना भाइरसको दोस्रो लहरको संक्रमण देखिएको छ । संक्रमण बढेसँगै राजधानी पेरिससहितका ९ शहरमा कर्फ्यू घोषणा गरिएको छ ।

संक्रमण बढेपछि फ्रान्समा हाल स्वास्थ्य संकटकाल घोषणा गरिएको छ ।


राजधानी पेरिससमेत ९ शहरमा शनिबारदेखि लागू हुने गरी राती ९ बजेदेखि बिहान ६ बजेसम्म कर्फ्यू लागु हुने फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोंले टेलिभिजन सम्बोधनमार्फत बताएका छन् ।

म्याक्रोंले टेलिभिजनमा बोल्दै शनिबारदेखि ९ शहरमा लागु हुने कर्फ्यू चार हप्तासम्म कायम रहने बताए ।

फ्रान्समा ७ लाख ७९ हजारमा संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा मात्रै त्यहाँ २२ हजार ५९१ मा संक्रमण पुष्टि भएको छ ।

कोरोना नियन्त्रण हुँदै गएको ठानिएका कतिपय देशमा दोश्रो लहर देखिएपछि चिन्ता बढेको छ । विश्व स्वास्थ्य संगठनले आगामी वर्षको मध्यसम्म कोरोनाविरुद्धको खोप आउने अपेक्षा गरेको छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्