कोराना सङ्क्रमित महिलाको मृत्यु – Janadesh Daily | ePaper

कोराना सङ्क्रमित महिलाको मृत्यु


सप्तरी ।

यहाँ थप एक कोरोना सङ्क्रमितको आज मृत्यु भएको छ । कञ्चनरुप नगरपालिका–२ बरमझियाकी ४६ वर्षीया महिलाको आज घरमै मृत्यु भएको हो ।

स्वास्थ्य कार्यालय सप्तरीका निमित्त प्रमुख दुनियाँलाल यादवले अर्बुद रोगबाट पीडित बिरामीको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा यही असोज २६ गते गरिएको पिसिआर परीक्षणमा कोरोना सङ्क्रमण पुष्टि भएको बताउनुभयो । अर्बुदरोगलगायत विभिन्न दीर्घरोगबाट पीडित बिरामीमा सङ्क्रमण देखिएपछि धरानका चिकित्सकले अर्बुदरोगको अन्तिम चरणमा रहेको भनी घर फर्काएका थिए ।

शव व्यवस्थापनका लागि नेपाली सेनाको टोली बरमझिया पुगिसकेको नगर प्रमुख वसन्त मिश्रले जानकारी दिनुभयो । यससँगै जिल्लामा कोरोना सङ्क्रमणबाट मृत्यु हुने २३ जना पुगेका छन् । सङ्क्रमित हुनेको सङ्ख्या एक हजार ४५६ पुगेको स्वास्थ्य कार्यालयले जनाएको छ । तीमध्ये एक हजार १५१ जना निको भएका छन् ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्