विश्व खाद्य दिवसमा प्रधानमन्त्रीको शुभकामना – Janadesh Daily | ePaper

विश्व खाद्य दिवसमा प्रधानमन्त्रीको शुभकामना


जनादेश, घोराही ।

प्रधानमन्त्री केपी ओलीले मुलुकलाई समृद्ध र जनतालाई सुखी बनाउने सरकारको संकल्प जनताको खाद्य सुरक्षाको सफलतासँग जोडिएको बताउनुभएको छ ।

उहाँले यस अनुरुप १० बर्षमा कृषि उत्पादकत्व दोब्बर गर्न, कृषिको आधुनिकीकरण र व्यावसायीकरणको योजना सहित कृषि पूर्वाधारमा ठूलो लगानीका साथ नेपाल सरकार क्रियाशील रहेको पनि बताउनुभएको हो ।

बाली लगाउनुपूर्व नै प्रमुख खाद्यान्न बालीहरुको न्यूनतम समर्थन मूल्य तोकी यसको बजारीकरण र कृषकको वचतलाई सुनिश्चित गर्ने नीति अंगिकार गरिएको समेत बताउनुभएको छ ।

आज ४० औं विश्व खाद्य दिवसका अवसरमा शुभकामना दिदै प्रधानमन्त्री ओलील नागरिकहरुको आधारभूत खाद्य सुरक्षाको प्रत्याभूत गर्ने अभियानलाई सार्थक बनाउन सबैलाई आह्वान समेत गर्नुभएको छ ।।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्