प्रहरी कार्यालय बुटवलमा कार्यरत हवल्दार दम्पती ४ लाख घुससहित पक्राउ – Janadesh Daily | ePaper

प्रहरी कार्यालय बुटवलमा कार्यरत हवल्दार दम्पती ४ लाख घुससहित पक्राउ


जनादेश, बुटवल ।

ईलाका प्रहरी कार्यालय बुटवलमा कार्यरत प्रहरी हवल्दार शिवचन्द्र सहानी चार लाख घुससहित रंगेहात पक्राउ परेका छन् ।

अदालतमा रहेको मुद्दा धरौटीमा छुटाईदिन सहयोग गरे वापत सेवाग्राहीसँग चार लाख घूस लिदै गर्दा सहानी र उनकी श्रीमती निर्मला केवटलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग कार्यालय बुटवलको टोलीले पक्राउ गरेको हो ।

उनीहरुलाई रुपन्देहीको सियारी गाउँपालिका वडा ७ स्थित खनाल मिठाई पसल छेउबाट रंगेहात पक्राउ गरेको टोलीले जनाएको छ । पक्राउ परेका उनीहरुमाथि आवश्यक अनुसन्धान भइरहेको छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्