उपभोक्ता ठगी गर्ने पाँच व्यावसायिक प्रतिष्ठान कारवाहीमा – Janadesh Daily | ePaper

उपभोक्ता ठगी गर्ने पाँच व्यावसायिक प्रतिष्ठान कारवाहीमा


चितवन ।

जिल्लामा उपभोक्तालाई ठगी गरेको अभियोगमा पाँचवटा व्यावसायिक प्रतिष्ठानलाई कारवाही गरिएको छ । ती संस्थालाई उपभोक्ता ठगी गरेको अभियोगमा रु ५० हजार जरिवाना सहित कारवाही गरिएको हो ।

वाणिज्य कार्यालय वीरगञ्ज, जिल्ला प्रशासन कार्यालय चितवन र जिल्ला प्रहरी कार्यालय चितवनको संयुक्त टोलीले शुक्रबार भरतपुर महानगरपालिका भित्र बजार अनुगमन गर्दा मूल्य सूची नराखिएको तथा खरिद र बिक्रि बिल उपलव्ध गराउन नसकेपछि कारवाही गरिएको हो ।

सहायक प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माका अनुसार कारवाहीमा पर्नेमा नारायणगढको निर्जला स्टोर्सका अखण्ड श्रेष्ठ, सुनिता खाद्य उद्योगका नर्वो तामाङ, जय श्री वालाजी ट्रेडसका मनोजकुमार अग्रवाल, शुलभ खाद्य भण्डारका विष्णुप्रसाद पौडेल र शुभम फ्रुट ट्रेर्डसका सन्तोष बजाज रहेका छन् । उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा २८ बमोजिम उनीहरुलाई जनही रु ५० हजारका दरले जरिवाना गरिएको शर्माले जानकारी दिनुभयो । शर्माका अनुसार सात दिन भित्र जरिवाना रकम बैंक दाखिल गरी भौचर प्रशासनमा बुझाउन उनीहरुलाई निर्देशन दिइएको छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्