सुप विश्वविद्यालयको जग्गा फिर्ता – Janadesh Daily | ePaper

सुप विश्वविद्यालयको जग्गा फिर्ता


कञ्चनपुर ।

सुदूरपश्चिम विश्वविद्यालयको भीमदत्त नगरपालिका १५ निम्बुखेडा स्थीत अतिक्रमणको चपेटमा परेको जग्गा फिर्ता भएको छ । सुकुम्बासी भूमिहनि बस्दै आएको विश्वविद्यालयको जग्गा फिर्ता भएको हो ।

विश्व विद्यालयको जग्गामा डेढ दशक देखि बस्दै आएका ४२ परिवारले सात विगाह जग्गा फिर्ता गरेका छन । विसं २०६९ सालमा तत्कालीन महेन्द्रनगर विकास समितिले विश्वविद्यालयलाई उक्त जग्गाको स्वामित्व दिएको थियो । वास्तविक सुकुम्बासीको लगत सङ्कलन गर्ने, बसोबासका लागि पहल गर्ने, वैकल्पीक व्यवस्थापनका लागि सम्बन्धीत निकायमा पहल गर्ने, जमिन भोगचलन गर्दै आएका मजदुरको आयआर्जनका लागि विभिन्न सीपमूलक, आयमूलक रोजगारीका कार्यक्रम सञ्चालन गर्ने लगायतका भीमदत्त नगरपालिका, विश्वविद्यालय र मजदुरबीच सहमती भएपछि जग्गा फिर्ता गराईएको बताईएको छ ।

गहुँ खेतीका लागि विश्वविद्यालयको जग्गामा बस्दै आएका प्रति परिवारलाई रु सात हजार पाँच सय रकम उपलव्ध गराउने सहमती समेत भएको छ । सुकुम्बासी अगुवा पार्वती दुलाले विश्वविद्यालयको जग्गामा बस्दै आएका परिवारको जीविकोपार्जन र बसोवासको व्यवस्था मिलाउने सहमतीपछि जग्गा छाडिएको बताउनुभयो ।

विश्वविद्यालयको विकासका लागि सबैको सहयोग रहेको उहाँले बताउनुभयो । “घरबार विहीन परिवारको उचित पुर्नस्थापनको कार्य समेत गरिनु पर्छ”, उहाँले भन्नुभयो । भीमदत्त नगरपालिकाका नगर प्रमुख सुरेन्द्र बिष्टले सुकुम्बासी, भूमिहीन परिवारले विश्वविद्यालयको जग्गाको संरक्षण नगरेको भए भू माफियाहरुले कब्जा गरिसक्थे भन्नु भयो । “जग्गा फिर्ता गरेकोमा तपाईहरु धन्यवादका पात्र हुनुहुन्छ”, नगरप्रमुख बिष्टले भन्नुभयो ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्