होला त कर्णालीका नेतासँग ओली-प्रचण्डको भेट, यस्तो छ तयारी – Janadesh Daily | ePaper

होला त कर्णालीका नेतासँग ओली-प्रचण्डको भेट, यस्तो छ तयारी


प्रधानमन्त्री केपी शर्मा ओलीले आज पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित कर्णालीका मुख्यमन्त्रीसहित नेकपाका नेताहरुसँग भेट गर्दैछन् ।

कर्णाली प्रदेशमा विवाद उत्पन्न भएपछि प्रधानमन्त्री ओलीले नेताहरुलाई संघीय राजधानी बोलाएपनि औपचारिक रुपमा दुई पक्षसँग कुराकानी भएको छैन ।

काठमाण्डौ बोलाएकै दिन प्रधानमन्त्री ओलीले रिक्त मन्त्रालयमा मन्त्री नियुक्त गरेपछि नेतृत्वबीच तिक्तता बढ्दा कर्णालीका नेताहरुसँगको भेट अनिश्चित बनेको थियो । भेटमा दुवै पक्षसँग समस्या र समाधानको विषयमा छलफल हुने जनाइएको छ ।

अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित कर्णालीका नेताहरुसँग छलफलमा बस्ने वातावरण तत्कालका लागि सहज नभएपछि औपचारिक रुपमा कर्णालीका नेताहरुसँग भेट नभएको हो ।

दुवै पक्षसँग भेट नभएपनि अध्यक्षद्धय ओली र प्रचण्डले बुधबारवाट नै छुट्टाछुट्टै भेट गरेका थिए । अध्यक्ष प्रचण्डसहित आज कर्णालीका नेताहरुसँग छलफल गर्ने प्रधानमन्त्री ओलीको तयारी छ । यद्यपि यसबारे सबै कुरा तय नभैसकेको बालुवाटार श्रोतले जनाएको छ ।

यसैबीच कर्णालीका पदाधिकारीसँग दुबै अध्यक्षले बसेर छलफल गरौं भन्ने प्रधानमन्त्री ओलीको प्रस्ताव प्रचण्डले स्वीकार नगरेको बताइएकोछ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्